विश्‍वभर कोरोनाबाट ९ लाख ४४ हजारभन्दा बढीकाे मृत्यु

विश्‍वभर कोरोनाबाट ९ लाख ४४ हजारभन्दा बढीकाे मृत्यु


कोरोना भाइरसबाट विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ४४ हजार ३ सय ५८ पुगेकाे छ ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा शुक्रबार बिहानसम्म ६६ लाख ७२ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणको हिसाबले भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख १८ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ हजारभन्दा बढी पुगेको छ ।

त्यस्तै ब्राजिलमा करिब ४४ लाख ५५ हजार संक्रमित भएका छन् भने करिब एक लाख ३५ हजारको मृत्यु भएको छ । ब्राजिलमा ३८ लाख ७३ हजारभन्दा बढी निको भएका छन् ।

विश्वभर संक्रमित हुनेको संख्या पनि तीन करोड नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शुक्रबार बिहानसम्म संक्रमितको संख्या तीन करोड ५९ हजार ८ सय ९६ रहेको छ ।

Logo