परमाणु ऊर्जा केन्द्रमा रुसले गरेको आक्रमणप्रति विश्वका नेताहरुद्वारा निन्दा

परमाणु ऊर्जा केन्द्रमा रुसले गरेको आक्रमणप्रति विश्वका नेताहरुद्वारा निन्दा


युक्रेनको परमाणु ऊर्जा केन्द्रमा रुसले गरेको आक्रमणप्रति विश्वका नेताले निन्दा गरेका छन् । विश्वका  विभिन्न समुदायका नेताले युक्रेनको परमाणु ऊर्जा केन्द्रमा भएको गोलाबारीले सिंगो समुदायलाई नै संकटमा परेको आरोप लगाएका छन्।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले रुसको आक्रमणलाई लापरवाहीको संज्ञा दिँदै युरोपलाई नै सुरक्षाको खतरा रहेको बीबीसीले जनाएको छ।

यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले सैन्य गतिविध रोक्नलाई रुससँग आग्रह गरे। यता, क्यानडाका प्रधानमन्त्री जस्टि ट्रुडोले युक्रेनमा भईरहेको  भयानक आक्रमण रुसले तत्काल सामना गर्नुपर्ने बताए । 

अमेरिका र क्यानाडाका दुवै नेताले युक्रेनी राष्ट्रपति भलोदिमिर जेलिन्स्कीसँग टेलिफोन वार्ता गरेका थिए। युक्रेनी राष्ट्रपति जेलेन्स्किीले आक्रमण गरेर रुसले परमाणु आतंक मच्चाउनखोजेको आरोप लगाए। 

उनले भने, 'यदि कुनै विस्फोट भएमा, सबै कुरा समाप्त हुनेछ, त्यो भनेको युरोपको अन्त्य हुनु हो ।’  यसैबीच, संयुक्त राष्ट्रसंघको  परमाणु निगरानी संस्था अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले रुसले गरेको गोलाबारीले परमाणु केन्द्रको मुख्य संरचनामा प्रभाव नपरेको बताएको छ। परमाणु ऊर्जा केन्द्रमालगाएको आगो युक्रेनी आपत्कालीन सेनाले  निभाएको परमाणु केन्द्रका श्रमिकले बताएका छन् ।एजेन्सी

 

Logo