आईपीएलमा चेन्नई सुपर किङ्स गुजरातसँग पराजित

आईपीएलमा चेन्नई सुपर किङ्स गुजरातसँग पराजित


चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२२  टी-२० क्रिकेटमा पाँचौं जित निकालेको छ।

आइतबार रातिको खेलसँगै चेन्नईले पाँचौं हार बेहोरेको छ। जितका लागि १७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍याे। 

गुजरातका डाभिड मिल्लरले सर्वाधिक ९४ रन बनाए। राशिद खानले ४० रनको योगदान गरे। चेन्नईका ड्वाने ब्राभोले सर्वाधिक तीन विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो। चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ७३ रन बनाए। अम्बाती रायडुले ४६ रनको योगदान गरे।

जितसँगै गुजरात ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ। पाँचौं हार बेहोरेको  चेन्नई २ अंक जोडेर नवौं स्थानमा छ।

Logo