काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका छन् । मतगणना जारी रहेकै बेला ट्वीटरबाट बधाई दिएका ओलीले मोदीलाई फोन गरि बधाई दिएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले जानकारी दिए ।
सम्पन्न आम निर्वाचनमा प्राप्त सफलताको लागि बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको रिमालले बताए । यसअघि प्रधानमन्त्री ओलीले मतगणना जारी रहेकै बेला ट्वीटर मार्फत बधाई दिएका थिए ।
प्रधानमन्त्रीलाई साह्रै हतारो: चुनावी नतिजा आईनसक्दै मोदीलाई शुभकामना
प्रकाशित: ९ जेठ २०७६ १८:३६ बिहीबार