काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले चुनावी हार स्वीकार गरेका छन् । लोकसभा चुनावमा जारी मतगणनाकैबीच गान्धीले हार स्वीकार गरेका हुन् । हार स्वीकार गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।
मत गणना जारी रहेका बेला पत्रकार सम्मेलन गरेर राहुलले हारको जिम्मेवारी लिएका हुन् । विचारधाराको लडाई जारी रहेको भन्दै उनले विचलित नहुन पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरे ।
राहुल आफैं अमेठीमा भारतीय जनता पार्टीका उम्मेदवार स्मृती ईरानीसँग पराजित भएका छन् । तर, उनी अर्को क्षेत्रबाट चुनाव जितेका छन् । उनले अमेठीका जनताको फैसलालाई सम्मान गर्ने बताए ।
प्रकाशित: ९ जेठ २०७६ १८:३९ बिहीबार