एजेन्सी । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामाको घोषणा गरेका छन् । राहुल गान्धीले लोकसभा चुनावको पार्टी पराजयको जिम्मेवारी लिदैं अध्यक्ष पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
पराजयपछि शनिबार बसेको कांग्रेस कार्यसमिति बैठकमा गान्धीले राजीनामा घोषणा गरेका हुन् । लोकसभा निर्वाचनमा पार्टीको प्रदर्शनको समीक्षा गर्नका लागि कांग्रेस कार्यसमिति बैठक बोलाएको थियो । बैठकको सुरुमा नै राहुल गान्धीले राजीनामा घोषणा गरेका थिए। तर, कांग्रेस कार्यसमिति बैठकका सदस्यहरूले भने राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।
सबै कार्यसमिति सदस्यहरूले राजीनामा दिन नहुने र पार्टीलाई एकजुट गरेर नयाँ नेतृत्वसहित अगाडि बढ्नुपर्ने प्रतिक्रिया दिएका छन् । राहुल गान्धी भने आफ्नो राजीनामा अडिग रहेका छन् । राहुल अडिग रहे भने अर्को अध्यक्ष को होला र भारतको सबैभन्दा पूरानो पार्टी कसरी अगाडि बढ्ला भन्ने बहस सुरु भएको छ।
कांग्रेसले लोकसभामा लगातार दोस्रोपटक हार बेहोरेको थियो। उसले सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा मात्र ४४ सिट ल्याएको थियो। यसपटक ५४३ सिटको लोकसभा निर्वाचनमा राहुल नेतृत्वको कांग्रेसले ५२ सिट मात्र जितेको छ।
मोदीले दिए राजीनामा, गान्धी पनि राजीनामा दिने तयारीमा
प्रकाशित: ११ जेठ २०७६ १४:०७ शनिबार