1
1
1
1
1

0 Shares

युएईका राष्ट्रपति शेख खलिफाको निधन

1
1
1
1
1
1

संयुक्त अरब इमिरेट्स युएईका राष्ट्रपति शेख खलिफा विन जायद अल नहयानको निधन भएको छ । शेख खलिफाको ७३ वर्षको उमेरमा शुक्रबार निधन भएको युएईको सरकारी सञ्चार एजेन्सी डब्लुएएमले जनाएको छ ।

राष्ट्रपति शेख खलिफाका लागि ४० दिनसम्म शोक मनाइने छ भने राष्ट्रिय झण्डा पनि झुकाइने बताइएको छ । 

त्यसैगरी, सरकारी तथा निजि कार्यालयहरू पनि तीन दिनका लागि बन्द गरिनेछन् ।शेख खलिफा युएईका संस्थापक नेता जायद विन सुल्तान अल नाहयानका जेठा छोरा हुन् । शेख खलिफा सन् २००४ देखि युएईका राष्ट्रपति थिए ।
 

समाज

प्रकाशित: ३० बैशाख २०७९ १६:५१ शुक्रबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी