दक्षिण अफगानिस्तानमा विस्फोट, ५ सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

दक्षिण अफगानिस्तानमा विस्फोट, ५ सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु


दक्षिण अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक क्षेत्रमा बिहीबार एउटा गाडीमा विस्फोट हुँदा पाँच सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । 

घातक आक्रमणको पुष्टि गर्दै स्पिन बोल्दाक जिल्लाका प्रहरी प्रमुख मौलावी मोहम्मद हाशिम महमुदले विगतका युद्धहरूबाट बाँकी रहेका विस्फोटक पदार्थले बिहीबार बिहान एउटा गाडीमा प्रहार गरेको थियो । यसैबीच स्थानीय सञ्चारमाध्यम टोलोन्युजले शुक्रबार विस्फोटमा एक नागरिक र प्रशासनका पाँच सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु भएको जानकारी दिएको छ । 

गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेपछि सडक किनारमा बम विस्फोट र हिंसात्मक घटनाहरू घटेका छन् र तालिबा नेतृत्वको कामचलाउ सरकारले सबै अफगानहरूलाई घर फर्कन र आफ्नो मातृभूमिको पुनर्निर्माणमा हातेमालो गर्न आह्वान गरेको छ।

Logo