पटनाबाट दिल्ली उडेको विमानमा आगो लाग्यो, सुरक्षित अवतरण

पटनाबाट दिल्ली उडेको विमानमा आगो लाग्यो, सुरक्षित अवतरण


भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आकाशमै आगो लागेको छ ।
आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो ।
विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु र चालक दलका सदस्य सबै सकुशल छन् । पाइलटले आगो लागेको इन्जिन बन्द गरेर विमानलाई सुरक्षित अवतरण गराएका हुन् ।

Logo