उत्तरी वजिरिस्तानमा बन्दुकधारीले गरेको आक्रमणमा चार शान्ति कार्यकर्ताको मृत्यु

उत्तरी वजिरिस्तानमा बन्दुकधारीले गरेको आक्रमणमा चार शान्ति कार्यकर्ताको मृत्यु


अज्ञात बन्दुकधारीहरूले पाकिस्तानको आतंकवाद प्रभावित उत्तरी वजिरिस्तान जिल्लामा एउटा कारमा आक्रमण गर्दा चार सामाजिक कार्यकर्ताको मृत्यु भएको छ ।

यी कार्यकर्ताहरू इलाकामा शान्ति स्थापनामा संलग्न युवा संगठनका सदस्य थिए ।  मिराली तहसीलको हैदरखेल क्षेत्रमा आइतबार आक्रमण भएको हो । पाकिस्तानी अखबार डनको रिपोर्ट अनुसार दुई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले चलिरहेको कारमा गोली हानेका थिए । आक्रमणमा चार जनाको मृत्यु भएको थियो । यी सबै सामाजिक संस्थाहरू ’युथ अफ वजिरिस्तान’ सँग सम्बन्धित थिए । 

वजिरिस्तानमा जरब–ए–अज्ब सैन्य अपरेशन पछि गठन भएको युथ अफ वजिरिस्तानले आतंकवाद प्रभावित क्षेत्रमा शान्ति स्थापना गर्न काम गर्छ । डनको रिपोर्टका अनुसार यो संगठनले टारगेट किलिंगको विरोधमा धर्ना समेत दिएको थियो ।
 

Logo