जी सेभेनको शिखर सम्मेलन आजदेखि जर्मनीमा सुरू हुँदै

जी सेभेनको शिखर सम्मेलन आजदेखि जर्मनीमा सुरू हुँदै


विश्वका सात विकसित देशहरुको संगठन जी सेभेनको शिखर सम्मेलन आजदेखी जर्मनीमा सुरू हुँदैछ ।

चार महिनादेखि चलिरहेको रुस–युक्रेन युद्धले विश्वभर नकारात्मक प्रभाव पारिरहेको बेला जी सेभेनका नेताहरु प्रत्यक्ष छलफलमा जुट्न लागेका हुन ।
रुस–युक्रेन युद्ध, युक्रेनको सार्वभौमिकताको रक्षा, आकाशिंदो महँगी, खाद्यान्न अभाव, जलवायु परिवर्तनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
जर्मनीको बाभारियामा आयोजना हुने सम्मेलनमा सहभागी हुन अमेरिका, क्यानडा, बेलायत, जर्मनी, इटली, फ्रान्स र जापानका कार्यकारी प्रमुखहरु तथा पर्यवेक्षकका रुपमा युरोपेली युनियनका अध्यक्ष र भारतीय प्रधानमन्त्री जर्मनी पुगिसकेका छन् ।

तर, सम्मेलन सुरू नहुँदै हजारौं प्रदर्शनकारीहरु पनि सम्मेलन हुने शहरमा भेला भईसकेका छन् । करीब २० हजार प्रदर्शनकारीहरु सडकमा उत्रिने अनुमान गरिएको छ । बढ्दो महँगीलाई मूख्य नारा बनाएका प्रदर्शनकारीहरुले जी सेभेनमा आवद्ध देशहरुले विश्वलाई न्याय गर्न नसकेको आरोप लगाएका छन् ।

सम्मेलन स्थलमा १८ हजार प्रहरी पनि परिचालन गरिएको छ । सम्मेलन पर्सिसम्म चल्ने छ ।

 
 

Logo