भारतीय अर्बपति पल्लोनजी मिस्त्रीको ९३ वर्षको उमेरमा निधन

भारतीय अर्बपति पल्लोनजी मिस्त्रीको ९३ वर्षको उमेरमा निधन


भारतीय अर्बपति पल्लोनजी मिस्त्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । उनको मृत्युको खबर पल्लोनजी कम्पनीका प्रवक्ताले दिएका थिए । सोमबार मध्यरातमा उनको दक्षिण मुम्बईको निवासमा मृत्यु भएको कम्पनिका अधिकारीहरूले बताएका छन् । 

पल्लोनजी मिस्त्रीलाई भारतको सबैभन्दा वृद्ध अर्बपतिको रूपमा चिनिन्छ । अर्बपति व्यापारी पल्लोनजी मिस्त्रीलाई सन् २०१६ मा देशको सर्वोच्च नागरिक पुरस्कार पद्म भुषण प्रदान गरिएको थियो । उनको जन्म मुम्बई मै भएको थियो ।
१५० वर्ष पहिले उनको परिवारले स्थापना गरेको कम्पनिलाई उनी चलाउदै आएका थिए । शापुरजी पल्लोनजी ग्रुपको वेबसाइटका अनुसार उनको ग्रुप आज १५० भन्दा बढी देशहरूमा फैलिएको छ र यो कम्पनीमा ५० हजार भन्दा बढी मानिसहरू काम गरिरहेका छन् । 
भारतका निकै प्रसिद्व तथा ऐतिहासिक भवनहरू जुन आजको मुम्बईको पहिचान बनेको छ, ती मध्ये धेरै भवनहरु उनकै ग्रुपले बनाएको हो । शापूरजी पल्लोनजी कन्स्ट्रक्सन प्रालिले भारतीय रिजर्व बैंक, ब्रेबोर्न स्टेडियम, ताजमहल होटल, मुम्बई सेन्ट्रल स्टेशन र एचएसबीसी बैंक आदि बनाएका थिए । उनको ग्रुपले ओमानका सुल्तानको लागि सुनको अल आलम दरबारको पनि निमार्ण गरेका थिए ।

उनीसँग २८.९ बिलियन डलर छ । उनको टाटा एण्ड संस ग्रुपमा १८.४ प्रतिशत शेयर छ । उनी सन् २०१८ मा रटन टाटा रिटार्यड भएपछि टाटा कम्पनीको चियरमेन बनेका थिए । उनी संसारकै धनिहरुको लिस्टमा ४१ औं स्थानमा थिए । उनको उच्च शिक्षा लण्डन स्थित इम्पेरयल विश्व विद्यालयमा भएको थियो । 
 

Logo