फिलिपिन्स सरकारद्वारा ‘रेपलर’ समाचार पोर्टल बन्द गर्न निर्देशन

फिलिपिन्स सरकारद्वारा ‘रेपलर’ समाचार पोर्टल बन्द गर्न निर्देशन


फिलिपिन्स सरकारले नोबेल शान्ति पुरस्कार बिजेता मारिया रेसाले सञ्चालन गरेको एक न्यूज पोर्टल बन्द गर्न निर्देशन दिएको छ ।

‘रेपलर’ नाम गरेको उक्त समाचार पोर्टल राष्ट्रपति रोड्रिगो डूटेर्तेको बिरोधमा समाचार प्रकाशन गर्ने थोरै मिडियाहरुमा पर्दछ ।
यद्यपी रेसाले भने सरकारको उक्त निर्णय बिरुद्ध अदालत जाने र त्यसअघि कुनैपनि हालतमा आफुहरुको काम बन्द नहुने बताएकी छन ।
यद्यपी फिलिपिन्सको सुरक्षा मामिला हेर्ने आयोगले भने रेपलरको लाईसेन्स खारेज भैसकेकाले बन्द गर्न निर्देशन दिएको बताएको छ ।

रेपलरको बिषयमा यसअघि पनि अमेरिकी स्वामित्व रहेको भन्दै सन २०१८ मा प्रश्न उठाईएको थियो । रेपलरले भने यसको खण्डन गर्दै आएको छ । फिलिपिन्समा सञ्चारमाध्यममा बिदेशी लगानी प्रतिबन्ध छ । 
 

Logo