माओवादी केन्द्रको केन्द्रिय कमिटि बैठक आज बस्दै

माओवादी केन्द्रको केन्द्रिय कमिटि बैठक आज बस्दै


नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । मंगलबार र बुधबार स्थगित भएको बैठक आज विहान ११ बजे कमलादी स्थित प्रज्ञा भवनमा बस्नेछ । 

आजको बैठकले पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने तयारी छ । मंगलबार र बुधबार पूर्व स्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइ दिएको थियो ।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने तयारी छ । माओवादीको बैठक गत आइतबारदेखि काठमाडौंमा जारी छ ।
 

Logo