स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।
माओवादीले स्थायी कमिटी ४१ जनाको गठन गरेको छ । यस्तै पोलिटब्युरो १५६ जनाको बनाइएको छ । माओवादीले पदाधिकारीको भने टुंगो लगाउन सकेन । अध्यक्ष प्रचण्डले २–४ दिन थप होमवर्क गर्नुपर्ने भएकाले यो बैठकबाट पदाधिकारीको टुंगो लगाउन नसकिएको जानकारी दिए । उनले आवश्यक होमवर्कपछि पदाधिकारीको पनि टुंगो लगाउने बैठकलाई जानकारी गराएको एक नेताले बताए ।
प्रतिक्रिया