ट्राफिक जाम र विश्वव्यापी समस्या

ट्राफिक जाम र विश्वव्यापी समस्या


ट्राफिक जामको समस्या विश्वभर भयावह छ । 

ट्राफिक जामका कारण विकासोन्मुख देश मात्र होइन, विकसित मुलुकका जनता पनि समस्यामा पर्ने गर्छन् । समयमा गन्तव्यमा पुग्न नसक्दा सर्वसाधारणले अनेकौ सास्ती भोगिरहेका छन् । 

न्यूरोडदेखि न्युयोर्कसम्मको ट्राफिक जाम सबैका लागि टाउको दुखाइ बनेको छ । समयमा गन्तव्यमा पुग्न नसक्नु नै ट्राफिक जामको प्रमुख समस्या हो । ट्राफिक जामका कारण यात्रुहरु पनि ठुलो मानसिक तनावमा परेका छन् जसको लेखाजोखा गर्न सकिदैन । जहाँ समस्या हुन्छ, त्यहाँ समाधान पनि हुन्छ भन्नु अतिरञ्जन हुँदैन ।

किन काठमाडौंको ट्राफिक जाम बढ्दो छ ?

काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन प्रभावकारी नभएर नै ट्राफिक जाम बढेको हो। काठमाडौं उपत्यको सडकमा सवारी साधनको चाप बढ्दै गएको छ भने सडकको लम्बाइ पनि उस्तै छ ।

बढ्दो ट्राफिक जाम काठमाडौंमा बस्ने सबैको साझा समस्या हो । उपत्यकामा दैनिक लाखौंको संख्यामा ट्राफिक जाम हुने गरेको छ । काठमाडौं उपत्यकाको लामो, थकाइ र निसास्सिने ट्राफिक जामले सबै क्षेत्रका मानिस प्रभावित भएका छन् । जहाँ गए पनि ठुलो संख्यामा सवारी साधनको लाईन देखिन्छ जसले पैदलयात्रुलाई बाटो काट्न गाह्रो हुन्छ । काठमाडौंमा, सार्वजनिक यातायात प्रयोग गरेर समयमै नजिकको स्थानमा पुग्न आवश्यक भएमा, आफ्नो नियमित तालिका भन्दा ४५ मिनेट अगावै बाहिर निस्किनु उचित हुन्छ । 

महानगरीय ट्राफिक प्रहरीको प्रतिवेदनअनुसार काठमाडौंमा भएका सवारीसाधन जोडिए काठमाडौं उपत्यकाको सडकको कुल लम्बाइभन्दा लामो हुन्छ । विभागको प्रतिवेदनअनुसार सडकको कूल लम्बाइ ४५ लाख फिट रहेको र काठमाडौं उपत्यकामा सबै सवारी साधनको एकल लाम ७२ लाख फिट पुग्नेछ । वाग्मती अञ्चलमा दर्ता भएका सवारीसाधनमा मोटरसाइकल ९ लाख २१ हजार ९१७, बस १२ हजार ६१६, माइक्रोबस १३४३, ट्रक र टिप्पर ३२२२, क्रेन र एक्साभेटर १० हजार ६५४, कार र जिप १ लाख ५४ हजार ४४३ तथा टेम्पो २५२५ छन्। 

सार्वजनिक यातायातमा जनताको अविश्वास, चालक र सहचालकको व्यवहार, भीडभाड र विभिन्न ठाउँमा लामो बिसौनीका कारण मध्यम तथा उच्च मध्यम वर्गका मानिसहरु आफ्नै सवारी साधन चलाउन रुचाउँछन् । ठूलो संख्यामा मानिसहरूले आफ्नै यातायातका साधनहरू रोज्नुको अर्को प्रमुख कारण यै हो । यदि सार्वजनिक यातायात राम्रो र छिटो हुने हो भने आफ्नै सवारी साधन प्रयोग गर्नेको सख्या कम हुन्छ ।

यसले पेट्रोल र डिजेलको खर्च पनि कम गर्छ । अहिले विद्युतीय सवारी साधन प्रयोग गर्ने चलन बिस्तारै बढ्दै गए पनि ठूलो लक्ष्य जनतामा पुग्न सकेको छैन । निजी सवारी साधन विशेषगरी मोटरसाइकल र स्कुटरको संख्या घटाउँदा ट्राफिक जाम नियन्त्रणमा सहयोग पुग्नेछ । यदि उपयुक्त उपायहरू लिइयो भने हामी भविष्यमा स्वतन्त्र रूपमा यात्रा गर्न सक्छौं। 

नेपालमा पेट्रोल र डिजेल धेरै महँगो छ । धेरै पटक सोचेर मात्रै प्रयोग गर्नुपर्छ । कतिपयले सडक सुरक्षाको बारेमा सोचिरहेका छन् । तर,गतिशीलता उच्च मागमा छ । त्यसैले हामी गतिशीलता प्रतिबन्ध गर्न सक्दैनौं र त्यसको लागि हामी सामूहिक सवारी साधनहरूमा जान सक्छौं । प्रत्येक निर्वाचित जनप्रतिनिधिको पहिलो प्राथमिकता सडक पूर्वाधारको विकास हो तर, आवश्यकताअनुसार विकास हुन भने सकेको छैन ।

यो अनुपातमा न सडक सञ्जालको विकास हुन्छ, न व्यवस्थापनमा सुधार हुन्छ । सडक र यातायातको विकासबाट राष्ट्रको विकास नापिन्छ । विकासको कुरा हुनासाथ जनताको मनमा सडक र यातायातको छवि आउँछ ।

अर्थतन्त्र बलियो बनाउन सडक र यातायात महत्वपूर्ण लिंक हुन् । यातायातले सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारलाई बढावा दिन्छ । यातायातले अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ । मानिसहरूले सवारीसाधन किन्नको लागि दैनिक रूपमा एक्सप्रेसवे प्रयोग गर्छन् । निश्चित समयमा मात्र आफ्नो सवारी साधन प्रयोग गर्छन् । यसले ट्राफिक जाम कम गर्न पनि मद्दत गर्नेछ। उपत्यकामा अपर्याप्त र अव्यवस्थित पार्किङ व्यवस्था, व्यवस्थित पार्किङस्थल नहुँदा दैनिक सयौं सार्वजनिक तथा निजी सवारी साधन सडकको छेउमा पार्किङ गर्ने गरेका छन् ।

सरकारले नयाँ बानेश्वरमा अन्डरपास र माइतीघर–थापाथली खण्डमा फ्लाईओभर निर्माणको कुरा लामो समयदेखि गर्दै आएको तर कार्यान्वयन हुन सकेको छैन । सडक जाम व्यवस्थापन गर्नका लागि निक्कै नितीहरु बनेका छन् । जथाभाबि साधन रोक्ने , ट्राफिक नियमको पलना नगर्ने गरेमा कडा सजाय हुने जस्ता पक्का नियम बनाउन सक्यो भने सडक जामलाइ सुधार गर्न सकिने छ ।
 

Logo