जापानको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने अनुमान

जापानको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने अनुमान

केन्द्रबिन्दु
0
Shares

जापानमा भएको निर्वाचनमा  सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने अनुमान गरिएको  स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको दुई दिनपछि आइतबार सम्पन्न निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) विजयी हुने अनुमान गरिएको हो । १२५ सिट भएको माथिल्लो सदनमा पूर्वप्रधानमन्त्रीको पार्टी एलडीपी र  यसको गठबन्धन कोमेटोले ७० देखि ८३ सिट ल्याउने अनुमान गरिएको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ । आबेको हत्या हुनु अघि एलडीपी र कोमिटोले आफ्नो बहुमत ल्याउने अपेक्षा गरिएको थियो । 

एजेन्सी

Logo