संरक्षित १८ हजार वर्ष पुरानो ‘ममीफाइड’ कुकुर नभई ब्वाँसो हो : अध्ययन

संरक्षित १८ हजार वर्ष पुरानो ‘ममीफाइड’ कुकुर नभई ब्वाँसो हो : अध्ययन

केन्द्रबिन्दु
0
Shares

केही वर्षअघि साइबेरियामा एउटा ममीफाइड (मृत्युपछि संरक्षित गरिएको) ‘कुकुर’ फेला परेको थियो । 

तर नयाँ अध्ययनले यो कुकुर नभई ब्वाँसो भएको पत्ता लागेको छ । वैज्ञानिकहरूले यो ब्वाँसोलाई सन् २०१८ मा साइबेरियन पर्माफ्रोस्टममा फेला पारेका थिए । त्यसबेलादेखि नै यसको उमेरबारे बहस भइरहेको छ । रिपोर्टका अनुसार, यसलार्ई डोगोर’ उपनाम दिइएको छ ।

ब्वाँसो भेटिँदा धेरै राम्रो अवस्थामा थियो । उसको शरीरमा रौं र अनुहारमा जुँगा थियो । सुरुमा, वैज्ञानिकहरूले यो १८ हजार वर्ष पुरानो कुकुर वा ब्वाँसो के हो भनेर पत्ता लगाउन सकेनन् । तर हालै गरिएको अनुसन्धानले यो ब्वाँसो नै भएको दावी गरेको छ । लन्डनको फ्रान्सिस क्रिक इन्स्टिच्युटमा प्राचीन जीनोमिक्सका पोस्टडक्टोरल फेलो एन्डर्स बर्गस्ट्रोम र उनका सहकर्मीहरूले गरेको अध्ययनमा सो कुरा पत्ता लगाएका थिए । 

Logo