जापानमा सत्तारुढ शिन्जो आबेको पार्टी एलडीपी विजयी

जापानमा सत्तारुढ शिन्जो आबेको पार्टी एलडीपी विजयी

केन्द्रबिन्दु
0
Shares

जापानको माथिल्लो सदन निर्वाचनमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको सत्तारुढ दल एलडीपीले बहुमत ल्याएको छ ।

आबेको हत्या भएको दुई दिनपछि  निर्वाचन भएको थियो। जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी–कोमिटो) गठबन्धनले ७६ सिट जित्दै माथिल्लो सदनमा बहुमत कायम गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । शिन्जो आबेको  पश्चिमी जापानको नारा सहरमा शुक्रबार गोली हानी हत्या गरिएको थियो । त्यतिबेला उनले चुनावी सभालाई सम्बोधन गरिरहेका थिए । 

जापानको माथिल्लो सदनमा आइतबार भएको निर्वाचनमा ५२.०५ प्रतिशत मतदाताले मतदान गरेका छन् । यो मतदान २०१९ को चुनाव भन्दा धेरै हो, तर जापानको चुनाव इतिहास मा दोस्रो सबैभन्दा कम हो। जापानको क्योडो समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री फुमियो किशिदाको पार्टी एलडीपीसँग २४८ सदस्यीय माथिल्लो सदनमा १६६ भन्दा बढी सिट रहेको छ। यो एलडीपी गठबन्धनको २०१३ पछिको उत्कृष्ट प्रदर्शन हो। योसँगै जापानको प्रमुख प्रतिपक्षी दलको २३ सिट रहेको कन्स्टिट्युशनल डेमोक्रेटिक पार्टी अहिले २० सिटमा झरेको छ ।
 

Logo