माथि चढ्ने झर्ना : गुरुत्वाकर्षणलाई चुनौती

माथि चढ्ने झर्ना : गुरुत्वाकर्षणलाई चुनौती

केन्द्रबिन्दु
0
Shares

आज पनि पृथ्वीमा यस्ता धेरै रहस्यमय ठाउँहरू छन । जुन मानिसका लागि रहस्य नै बनिरहेको छ । ती रहस्यमय ठाँउहरुमा जतिसुकै अनुसन्धान भए पनि वैज्ञानिक र सामान्य मानिसहरु सधै अलमलमा परेका हुन्छन् । 

इन्डियाको महाराष्ट्र स्थित नानेघाट एउटा यस्तो झर्ना छ जहाँ न्यूटनको गुरुत्वाकर्षण सम्बन्धित नियमले काम गर्दैन । किनकी यो ठाउँमा रहेको झर्नाको पानी तल झर्नुको सट्टा माथितिर चढ्छ ।

मुम्बईबाट करिब तीन घण्टाको दूरीमा रहेको यो ठाँउ उल्टो झरनाका लागि विश्वभर प्रसिद्ध छ । मनसुनको समयमा यहाँको सुन्दरता हेर्न लायक हुन्छ । किनकी यो समयमा पानी बढी हुने भएकाले झरनाबाट पानी माथि चढेको देख्दा निकै फरक अनुभुति हुन्छ ।

वैज्ञानिकहरुको अध्ययनमा के पाइयो भने नानेघाटमा हावा धेरै तीव्र गतिमा चल्छ, जसका कारण हावाको बल गुरुत्वाकर्षण भन्दा बढी हुन्छ र खसेको झरनाको पानी माथितिर चढ्छ ।

Skip This
Skip This
Logo