श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशको सुरक्षा अवस्था सुधार्नको लागि तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएका छन् ।
एक टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिंघेल देशमा अराजकता बढिरहेको भन्दै सेनालाई आफ्नो जिम्मेवारी पूरा गर्ने कामको लागि तयार रहन निर्देशन दिनुभएको बीबीसीले जनाएको छ ।
‘हामी संविधान च्यात्न सक्दैनौँ र देश अराजकतावादीलाई कब्जा गर्न पनि दिँदैनौँ, त्यसको लागि सेनालाई तयार रहन निर्देशन दिन्छु’ प्रधानमन्त्रीले भनेका छन् प्रधानमन्त्रीले राजधानी कोलम्बोमा सेनाले आफ्नो सुरक्षा व्यवस्था लागू गर्न सक्ने संकेत दिएको खबरमा उल्लेख छ ।
श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका छन् । यसअघि राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका प्रदर्शनकारीले आज प्रधानमन्त्री रनिल विक्रमासिंघेको कार्यालय पनि कब्जा गरेका हुन् । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स पुगेका छन् ।
प्रतिक्रिया