श्रीलंकामा प्रदर्शनकारीले छोडे कब्जा गरेका आधिकारिक भवन

श्रीलंकामा प्रदर्शनकारीले छोडे कब्जा गरेका आधिकारिक भवन

केन्द्रबिन्दु
0
Shares

श्रीलंकामा प्रदर्शनकारीहरू शान्त भएका छन्। प्रदर्शनकारीहरूले कब्जा गरेका आधिकारिक भवनहरू छाडिसकेका छन् । समस्याको समाधान संसदबाट खोज्ने उद्देश्यले सरकारी निवास खाली गरेको प्रदर्शनकारीहरुले बताएका छन् । हाल राष्ट्रपती निवास र प्रधानमन्त्री कार्यालय दुबै सेनाको अधीनमा रहेको बताइएको छ। राष्ट्रपति राजापाक्षेले भने अहिलेसम्म राजीनामाको घोषणा गरेका छैनन् । 

सिंगापुरद्वारा राजापाक्षेको पक्षमा विज्ञप्ति 

सिंगापुरले हालै श्रीलंकाबाट भागेका गोटाबाया राजपाक्षेको सम्बन्धमा विज्ञप्ति जारी गरेको छ । बिहीबार बिहान गोटाबाया माल्दिभ्स पछि सिंगापुर पुगेको खबर आएपछि मात्र राजापाक्षेले सिंगापुरमा शरण लिएको अड्कलबाजी भएको थियो । यस विषयमा सिंगापुरको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै राजापाक्षे सिंगापुरको निजी भ्रमणमा रहेको बताएको छ । विज्ञप्तिमा मन्त्रालयले न त राजापाक्षेले शरण मागेको र न सिंगापुरले शरण दिएको बताएको छ । सिंगापुरले सामान्यतया शरण प्रदान नगर्ने मन्त्रालयले जनाएको छ ।

Avatar

Skip This
Skip This
Logo