श्रीलंकाका राष्ट्रपति राजापाक्षले बुझाए राजीनामा

श्रीलंकाका राष्ट्रपति राजापाक्षले बुझाए राजीनामा

केन्द्रबिन्दु
0
Shares

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । 

राजापाक्षले राजीनामा बुझाएको संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले आज घोषणा गरेका हुन् । सञ्चारमाध्यमलाई सम्बोधन गर्दै सभामुखले भनेका छन्,  राष्ट्रपतिको आधिकारिक राजीनामा पत्र  हिजो मात्र प्राप्त भयो । सभामुखले संविधानबमोजिम नयाँ राष्ट्रपतिको नियुक्ति नभएसम्म प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रुपमा काम गर्ने छन् । 

उनले नयाँ राष्ट्रपतिको नियुक्तिको लागि संसदीय प्रक्रिया सुरु गर्न जुलाई १६  अर्थात् शनिबार संसदको बैठक बोलाउने योजना रहेको बताए । सभामुख महिन्दा यापा आबेवर्देनाले आगामी ७ दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि संसद्को प्रक्रिया पूरा गर्ने पनि सञ्चारमाध्यमलाई जानकारी दिए । देशको आर्थिक अवस्था डामाडोल बनाएर राष्ट्रपति राजापाक्षे माल्दिभ्स हुँदै भागेर सिंगापुर पुगेका छन्। 

Skip This
Skip This
Logo