भारतमा भेटिए मंकीपक्सको पहिलो बिरामी

भारतमा भेटिए मंकीपक्सको पहिलो बिरामी

केन्द्रबिन्दु
0
Shares

विश्वव्यापी रूपमा फैलिरहेको मंकीपक्स भाइरसका बिरामी भारतमा पनि पहिलो पटक भेटिएको छ ।

केरला राज्यका स्वास्थ्य मन्त्री वीणा जर्जले विदेशबाट फर्केका एक व्यक्तिलाई मंकीपक्सको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको बताइन् । 

परीक्षण गर्दा ती व्यक्तिलाई मंकीपक्स भएको पुष्टि भएको हो । वीणा जर्जले उक्त संक्रमित व्यक्ति विदेशमा मंकीपक्स बिरामीहरुसँग नजिकको सम्पर्कमा रहेको बताइन् । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार मंकीपक्स जनावरबाट मानिसमा सर्ने भाइरस हो । मंकीपक्सका लक्षणहरू दादुराका बिरामीमा देखिने जस्तै हुन्छन् । पश्चिम र मध्य अफ्रिकी देश बाहिर मे महिनाको सुरुदेखि नै मंकीपक्सको संक्रमणमा वृद्धि भएको छ ।

के हो मंकीपक्स ?  

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार मंकीपक्स एउटा दुर्लभ किसिमको रोग हो, जुन मंकीपक्स नामक भाइरसका कारण हुन्छ । 

यो भाइरस दादुरा गराउने बेरियोला भाइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो ।यो संक्रमण पहिलो पटक सन् १९५८ मा फेला पारिएको थियो । 

यो रोग ‘जुनोसिस’ अर्थात संक्रमित जनावरबाट मान्छेमा फैलिन्छ । सर्वप्रथम मंकीपक्स भाइरस पश्चिम र मध्य अफ्रिकाका केही ठाउँका जंगली जनावरहरूमा पाइएको थियो ।

Skip This
Skip This
Logo