रनिल विक्रमासिंघेले लिए कार्यवाहक राष्ट्रपतिको सपथ

रनिल विक्रमासिंघेले लिए कार्यवाहक राष्ट्रपतिको सपथ

केन्द्रबिन्दु
0
Shares

ठूलो आर्थिक संकटबाट गुज्रिरहेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार राजीनामा दिएका छन् । यसपछि कोलम्बोको सडकमा उत्सवको माहोल छ । गोटबायाको राजीनामालाई आन्दोलनकारीले आफ्नो जितका रूपमा हेरिरहेका छन् । बिहीबार अबेर राति कोलम्बोको सडकमा पटाका पड्काउँदै धेरै मानिसहरुले उत्सव मनाएका थिए । यता, कब्जामा लिएका महत्वपूर्ण सरकारी भवनबाट पनि आन्दोलनकारीले निस्कन थालेका छन् ।

पूर्वप्रधानमन्त्री तथा मन्त्रीले अदालतको स्वीकृतिबिना देश छाड्न नपाउने 
श्रीलंकाको सर्वोच्च अदालतले आज पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्वमन्त्री बसिल राजापाक्षेलाई अदालतको अनुमतिबिना जुलाई २८ सम्म देश छाड्न रोक लगाएको छ ।

रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति हुने 

श्रीलंकाको संसदका सभामुख महिन्दा यापा अभयावर्धनेले गोटाबाया राजपाक्षेको राजीनामा स्वीकृत भएको बताएका छन् । कानुनी प्रक्रिया अगाडि बढाइएको छ । ‘नयाँ राष्ट्रपति चयन नभएसम्म प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्ने उनले बताएका छन्। नयाँ राष्ट्रपति चयनका लागि भोलि सांसद बोलाइएको छ ।

महामहिम शब्दको प्रयोगमा रोक

श्रीलंकाका अन्तरिम राष्ट्रपति रनिल विक्रमासिङ्घेले शुक्रबार राष्ट्रपतिलाई सम्बोधन गर्न ‘महामहिम’ शब्द प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यससँगै उनले राष्ट्रपतिको झण्डा खारेज गर्ने घोषणा गरेका छन् । उनले अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको देशमा लोकतन्त्र र संविधानको रक्षा गर्ने आफ्नो प्रतिबद्धता रहेको बताए । विक्रमासिङ्घे श्रीलंकाका प्रधानमन्त्री पनि हुन् ।

Skip This
Skip This
Logo