रित्तिदै कोलम्बोका सुपर मार्केट

रित्तिदै कोलम्बोका सुपर मार्केट

केन्द्रबिन्दु
0
Shares

श्रीलंकामा राजनीतिक र आर्थिक संकट चर्किदै गएपछि राजधानी कोलम्बोका सुपरमार्केटहरूमा खाद्यान्न र अन्य अत्यावश्यक वस्तुहरू सकिन थालेका छन् ।

संकटग्रस्त टापु राष्ट्रमा, मानिसहरू खाना पकाउने ग्यास, मट्टितेल, पेट्रोल, चिनी, दुध पाउडर, र औषधिजस्ता अत्यावश्यक सामग्रीका लागि घन्टौँसम्म लाइनमा  बस्न बाध्य छन् । 

राष्ट्रसंघीय निकायहरूका अनुसार लगभग २ दशमलब ३ मिलियन बालबालिका सहित ५ दशमलब ७ मिलियन श्रीलंकालीहरूलाई अहिले तत्काल मानवीय सहायताको आवश्यकता छ । चाइना सेन्ट्रल टेलिभिजन (सीसीटी)का अनुसार कोलम्बोका सुपरमार्केटका धेरै तख्ता आधा खाली छन् । दैनिक उपभोग्य वस्तुहरू विशेष गरी अण्डा र रोटीको अभाव छ । 

‘खाद्य पदार्थको मूल्य धेरै उच्च छ । मार्चपछि मूल्य वृद्धि धेरै उच्च छ । सामान्य खाद्यको मूल्य पनि आकाशिएको छ । इन्धनको मूल्य बढेसँगै खाद्यान्नको मूल्य बढ्यो । त्यसयता ढुवानी गरिएका सामग्रीको मूल्य एकदमै उच्च भयो’, स्थानीयवासी श्री नुवानले भने । इन्धन अभावले देशको सम्पूर्ण यातायात क्षेत्र प्रभावित छ ।

तीब्र आर्थिक संकटबीच जारी पदर्शनपछि बुधबार भागेर माले पुगेका गोटाबाय राजापाक्षे बिहीबार सिसंगापुर पुगेका छन् । उनको राजीनामा सभामुखले स्वीकृत गरेका छन् भने प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबहाक राष्ट्रपति बनेका छन् । प्रदर्शनकारीले प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । 

Skip This
Skip This
Logo