विश्वमा वनजङ्गल फणानी विकराल बन्दै, नेपालमा कस्तो छ अवस्था ?

विश्वमा वनजङ्गल फणानी विकराल बन्दै, नेपालमा कस्तो छ अवस्था ?

केन्द्रबिन्दु
0
Shares

विश्वका ८० प्रतिशत वनजङ्गलहरू नष्ट भइसकेका छन । एउटा नयाँ अध्ययनले पृथ्वीमा ३ ट्रिलियन रूखहरू रहेको अनुमान छ ।

३ ट्रिलियन मध्ये हरेक वर्ष १५ अर्ब रुखहरु काटिने गरेको अध्ययनले देखाएको छ । विश्वमा सस्तो काठ आपूर्ति सहज गर्नका लागि दिनहुँ रुखहरु काटिने गरिएको छ । 
वनजङ्गल यसरी विनाश गर्दा बढ्दो जलवायु परिवर्तन, जैविक विविधता आदि समस्याले विश्वमै विकराल रुप लिइरहेको छ । वन विनाशले २० प्रतिशत भन्दा बढि विश्वव्यापी रुपमा कार्बन उत्सर्जन गरिरहेको छ । 

नेपालमा वन फँडानी सधैं एक गम्भीर समस्याका रुपमा रहेको छ । केही समय अघिसम्म हरियो वन नेपालको धन भनेर नेपाललाई चिनिन्थ्यो । तर अहिले ग्रामीण क्षेत्रको विस्तार, पहाडी जनताको समतल क्षेत्रमा बसाइसराइ, काठको अधिक प्रयोग ऊर्जाको अत्यावश्यक स्रोतका रूपमा स्थानीय बासिन्दाको दाउरा प्रति निर्भरता लगायत वन फडानीका मुख्य कारक तत्व बनेका छन । 
नेपालमा निरन्तर वन फडानीकै कारण धेरै मानिस र जीवजन्तु मरिरहेका छन । सन १९९० देखि २००० सम्मको डाटालाई हेर्ने हो भने नेपालमा वार्षिक औसत ९१ हजार ७०० हेक्टर वन नष्ट भइरहेको थियो । 

अवैध काठ आयातमा धेरै देशहरू संलग्न छन । चीन अवैध काठको सबैभन्दा ठूलो आयातकर्ता हो ।

Skip This
Skip This
Logo