बंगलादेशमा फेरि हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा फेरि हिन्दुहरुमाथि आक्रमण

केन्द्रबिन्दु
0
Shares

बंगलादेशमा फेरि हिन्दुहरूलाई निशाना बनाइएको छ । यहाँको नराइलको लोहागरा क्षेत्रमा हिन्दुको घरमा आक्रमण हुनुका साथै एउटा घरमा आगजनी पनि गरिएको छ । भीडले एउटा मन्दिरमा तोडफोड समेत गरेको बताइएको छ ।

प्रहरी अधिकारीहरुले यो घटना हिन्दू युवाले गरेको फेसबुक पोस्टसँग सम्बन्धित रहेको बताएका छन् । युवाले गरेको पोस्टबाट आक्रोशित भीडले हिन्दुहरुको घरमा आक्रमण गरेको थियो । फेसबुक पोस्ट गर्ने युवकको घरमा भीड घुसेर आगजनी गरेको थियो । त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले भीडलाई तितरबितर पार्न हवाइ फायर गरेको थियो ।
 

Skip This
Skip This
Logo