भारतमा राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

भारतमा राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

केन्द्रबिन्दु
0
Shares

भारतमा  आज  राष्ट्रपति चयनका लागि  निर्वाचन हुँदै छ ।

भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि  भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले  आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।

​मुर्मु झारखण्डको पूर्वराज्यपालसमेत हुन् । चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने छिन् । आदिवासी नेता मुर्मुको प्रतिस्पर्धी विपक्षी पार्टीका उम्मेदवार यशवंत सिन्हासँग छन् । 

यस्तै उपराष्ट्रपतिका लागि विपक्षी कांग्रेसले मार्गरेट अल्वालाई उम्मेदवार बनाएको छ भने सत्तारुढ भाजपाले जगदीप धनखडलाई उम्मेदवार बनाएको छ । राष्ट्रपति निर्वाचनका लागि चार हजार ८०९ ‘इलेक्ट्रोरल’ मत रहेको र उनीहरूलाई कुनै राजनीतिक दलले ‘ह्विप’ जारी गर्न नसक्ने पनि त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति चयनका लागि एक सांसदको मतभार सात सय हुने संवैधानिक व्यवस्था रहेको छ । मतदाता अन्तर्गत पर्ने व्यक्ति निलम्बित भएको वा कारागारमा छ भने उनीहरूलाई प्रक्रिया पुरा गरेर मतदान गर्न पाइने व्यवस्था छ ।
 

Skip This
Skip This
Logo