तातो हावाबाट स्पेनमा ५१० को मृत्यु

तातो हावाबाट स्पेनमा ५१० को मृत्यु

केन्द्रबिन्दु
0
Shares

स्पेनमा केही समययतादेखि प्रचण्ड गर्मी भइरहेकाे छ। तातो हावाबाट मानिसहरूको ज्यान गइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ।

मन्त्रालयका अनुसार तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरूको ज्यान जाने क्रम पनि रोकिएको छैन।

त्यहाँ जुलाई १० देखि गर्मी सुरु भएको हो। गर्मीका कारण जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ। स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र १५० जनाको ज्यान गएको जनाएको छ।

त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरूले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन्।

यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन्। उनीहरूमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ।

गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहेको छ।

Skip This
Skip This
Logo