रुसी राष्ट्रपति पुटिन इरान जाँदै

रुसी राष्ट्रपति पुटिन इरान जाँदै

केन्द्रबिन्दु
0
Shares

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेव्रुवरीमा युक्रेनमाथि आक्रमण गरेयता दोस्रो विदेश भ्रमणमा मंगलबार इरान जाने भएका छन् । 

पुटिनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्नेछन् ।
 
भ्रमणका क्रममा अन्न निर्यात, सिरिया र युक्रेनका विषयमा तेहरानमा छलफल हुने  टर्कीका एक अधिकारीले बताए । युक्रेनमा युद्ध सुरु भएदेखि पुटिनले पूर्वसोभियत राज्यहरूमा आफ्नो अन्तर्राष्ट्रिय भ्रमण सीमित गरेका छन् । 

जुनमा पुटिनले रुसी हमलापछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय यात्रामा ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गरेका थिए ।  

युएसएसआरका पूर्व सदस्य दुबै देशमा  अधिनायकवादी शासन छ । दुबै देश रुसका सहयोगी हुन् ।

भ्रमणले पुटिनलाई पश्चिमी आर्थिक प्रतिबन्धबीच इरानसँग सम्बन्ध गाढा गर्ने अवसर प्रदान गर्नेछ ।

Skip This
Skip This
Logo