रानिल विक्रमासिंघे श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित

रानिल विक्रमासिंघे श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित

केन्द्रबिन्दु
0
Shares

रानिल विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन्। धबार श्रीलंकाको संसदमा भएको निर्वाचनमा जित हात पार्दै उनी श्रीलंकाको आठौं कार्यकारी राष्ट्रपतिमा निर्वाचित भएका हुन्। 

बुधबारको निर्वाचनमा उनले १३४ मत पाएका थिए भने उनका प्रतिस्पर्धीहरु डुलास अलाहापेरुमाले ८२ र अनुरा कुमारा दिशानायकेले ३ मत पाएका थिए। पूर्व राष्ट्रपति गोताबाय राजपाक्षले राजीनामा दिएसँगै विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका थिए।

श्रीलंकाका प्रदर्शनकारीहरुले भने राष्ट्रपतिसँगै विक्रमासिंघेले पनि आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए। श्रीलंका अहिले चरम आर्थिक तथा राजनीतिक संकटको सामना गरिरहेको छ। 
 

Skip This
Skip This
Logo