सम्पत्ति शुद्धीकरण मुद्दामा सोनिया गान्धीमाथि सोधपुछ हुँदै

सम्पत्ति शुद्धीकरण मुद्दामा सोनिया गान्धीमाथि सोधपुछ हुँदै

केन्द्रबिन्दु
0
Shares

सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस अध्यक्ष सोनिया गान्धी आज बिहीबार प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित हुने भएकी छिन । 

नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी)मुख्यालयमा जाँदैछिन। 
यसअघि सोही मुद्दामा राहुल गान्धी पटक पटक इडीमा उपस्थित भएका थिए । उनलाई त्यहाँ घन्टौंसम्म सोधपुछ गरिएको थियो । यसअघि सोनियालाई राहुलसँगै सोधपुछ गर्ने तयारी गरिएको थियो । तर, उक्त समयमा सोनियालाई बिरामी भएर अस्तपाल भर्ना गरिएको थियो । कोभिडबाट भर्ना भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।

निर्देशनालयमा उनको सोधपुछलाई लिएर कांग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् । आफ्ना नेताविरुद्धका आरोप आधारहीन भएको र भाजपाले प्रतिशोधको राजनीति गरेको कांग्रेसले आरोप लगाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र अमित साहले फसाउन खोजेको उनीहरूले आरोप लगाउँदै आएका छन् ।

Skip This
Skip This
Logo