इटालीका प्रधानमन्त्री ड्राघीले दिए राजीनामा

इटालीका प्रधानमन्त्री ड्राघीले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

इटालीमा प्रधानमन्त्री मारियो ड्राघीको  नेतृत्वमा रहेको गठबन्धन सरकार ढलेको छ ।

उनको आफ्नै गठबन्धनका प्रमुख सहयोगीहरूले विश्वासको मतमा मतदान बहिष्कार गरेका थिए। अल्पमतमा आएपछि प्रधानमन्त्री ड्राघी  राजीनामा दिन बाध्य भए । इटालीमा पछिल्लो तीन वर्षमा तेस्रो पटक सरकार ढलेको छ । ड्राघी युरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुख हुन् । उनले गत फागुनमा प्रमुख राजनीतिक दलको समर्थनमा एकता सरकार गठन गरेका थिए । 

Skip This
Skip This
Logo