पूर्व श्रीमतीलाई जिउँदै जलाउने चिनियाँ पुरुषलाई दिइयो मृत्युदण्ड

पूर्व श्रीमतीलाई जिउँदै जलाउने चिनियाँ पुरुषलाई दिइयो मृत्युदण्ड

केन्द्रबिन्दु
0
Shares

आफ्नी पूर्वपत्नीलाई टिकटक लाइभ स्ट्रिमको क्रममा जलाएर हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक चिनियाँलाई मृत्युदण्ड दिइएको छ ।

उनलाई दक्षिणपश्चिम सिचुआन प्रान्तमा अदालतको आदेशमा  लु नाम गरेका व्यक्तिलाई शनिबार मृत्युदण्ड दिइएको हो । 

सन् २०२१ मा जानाजानी हत्याको लागि उनीमाथि मृत्युदण्डको सजाय सुनाइएको थियो । 

न्गावा तिब्बती र छियाङ स्वायत्त प्रिफेक्चर मध्यवर्ती जनअदालतका अनुसार उनले गरेको अपराध निकै पाशविक थियो र लु सबैभन्दा कठोर सजायका लागि योग्य थिए ।

लु र उनकी श्रीमती लामु एघार वर्ष सँगै बसेपछि सन् २०२० को जुनमा छुट्टिएका थिए । दुवैले टिकटकको चिनियाँ संस्करण डोउयिनमा प्रभावकारी रूपमा काम गरेका थिए ।

Logo