वृद्धा बनेर फिल्मी शैलीमा बैंक चोरी

वृद्धा बनेर फिल्मी शैलीमा बैंक चोरी

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको जर्जिया स्थित म्याकडोनफमा एक व्यक्ति वृद्धाको भेषमा आएर बैंक लुटेको आश्चर्यजनक घटना सार्वजनिक भएको छ । 

वृद्धाको भेषमा आएका ती व्यक्तिको तस्बीर जर्जिया म्याकडोनफ पुलिस विभागको फेसबुक पेजबाट पोष्ट भएपछि अहिले यो घटना समामाजिक सञ्जालभरी भाइरल भइरहेको छ। 

तस्बीरमा ती संदिग्ध व्यक्तिलाई वृद्ध महिलाको भेषमा देख्न सकिन्छ । प्रहरीका अनुसार ती संदिग्ध व्यक्तिले बैंकरलाई कागज देखाएर पैसा मागेका थिए । 

त्यो कागजमा उनले मसँग बन्दुक छ भनी लेखेका थिए । पैसा लुटेपछि ती संदिग्ध व्यक्ति सेतो एसयूभी कारमा भागेका थिए । 

ती शंकास्पद व्यक्ति ६ फिट अग्लो र कालो वर्णको भएको प्रहरीले जनाएको छ ।

सार्वजनिक पोष्टरमा संदिग्धले फुल बुट्टे पोशाक, सेतो जुत्ता, पहेलो रंगको पन्जा, र कालो मास्क लगाएको स्पष्ट देखिन्छ । 

यो घटना अमेरिका स्थित म्याकडोनफको ३२३ जोन्सबोरो रोडमा रहेको ‘चेज बैंक’मा भएको थियो ।
 

Logo