भारतकोे राष्ट्रपतिमा निर्वाचित मुर्मुको शपथ सोमबार

भारतकोे राष्ट्रपतिमा निर्वाचित मुर्मुको शपथ सोमबार

केन्द्रबिन्दु
0
Shares

भारतकोे राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मुले सोमबार पद तथा गोपनियताको शपथ लिने भएकी छिन । मुर्मु पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति निर्वाचि भएकी हुन ।

सोमबार भारतका प्रधानन्यायाधीश एन.वि.रमनले मुर्मुलाई सपथ ग्रहण गराउने छन्। भारतमा जुलाई २५ लाई खास दिनको रुपमा लिने गरिन्छ । त्यहाँ जुलाई २५ कै दिन मात्र राष्ट्रपतिलाई शपथ खुवाउने प्रचलन छ ।

 सन् १९७७ साल जुलाई २५ तारिख राष्ट्रपतिको शपथ लिने प्रक्रिया सुरु भएको थियो । पहिलो पटक, देशको छैटौं राष्ट्रपति नीलम सञ्जीव रेड्डीले जुलाई २५,१९७७ मा पदको शपथ लिएका थिए ।

उनले आफ्नो ५ वर्षको कार्यकाल पूरा गरेपछि त्यसयता भएका सबै राष्ट्रपतिले आफ्नो कार्यकाल पूरा गरेका छन् । त्यसैले राष्ट्रपतिको शपथ लिने मिति जुलाई २५  मात्रै तोकिएको छ ।

अहिलेसम्मको इतिहासमा यो मितिमा ९ राष्ट्रपतिले शपथ लिएका छन् । सोमबार द्रौपदी मुर्मु जुलाई २५ मा शपथ लिने देशको १०औँ राष्ट्रपति हुनेछिन् ।

Logo