क्यानडाको भ्यानकुभरमा गोली चल्दा बन्दुकधारीसहित ३ जनाको मृत्युः प्रहरी

क्यानडाको भ्यानकुभरमा गोली चल्दा बन्दुकधारीसहित ३ जनाको मृत्युः प्रहरी

केन्द्रबिन्दु
0
Shares

एक बन्दुकधारीले भ्यानकुभर नजिकै शृंखलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य दुई जनालाई घाइते भएका छन् ।

प्रहरीको जबाफी कारबाहीमा आक्रणकारी मारिएका छन् । ‘एक मात्र बन्दुकधारीले चार जनालाई गोली हानेका थिए’ लाङ्लीका प्रहरी प्रमुख गालिब भयानीले पत्रकार सम्मेलनमा भने पीडितमध्ये दुई जनाको मृत्यु भएको उनले बताए । त्यस्तै, बन्दुक हमलामा गोली लागेकी महिलाको अवस्था गम्भीर रहेको र चौथो व्यक्तिको खुट्टामा गोली लागेको उनले बताए । 

अधिकारीहरूले अझै पनि पीडित र संदिग्धहरूको पहिचान गर्न र तिनीहरूबीचको सम्भावित सम्बन्धबारे अध्ययन गरिरहेको उनले बताए । छिमेकी अमेरिकामा सामूहिक गोलीकाण्डको लहर पछि प्रधानमन्त्री जस्टिन ट्रुडोले हाते बन्दुकको स्वामित्वमा कडाइको तयारी गरेका छन् ।

एजेन्सी

Logo