फिलिपिन्समा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

फिलिपिन्समा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

केन्द्रबिन्दु
0
Shares

 फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्‍याएको छ । भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन । भूकम्पले हल्लाउने बित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए । एजेन्सी

Logo