भारतीय लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

भारतीय लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतीय वायुसेनाको एउटा लडाकु विमान राजस्थानमा दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।  

गएराति राजस्थानको बारमेरमा दुर्घटनाग्रस्त भएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ। विमानमा दुई जना पाइलट सवार रहेको र दुवै पाइलटको मृत्यु भएको वायु सेनाप्रमुख एयर चीफ मार्शल वीआर चौधरीले पुष्टि गरेका छन् । वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ। 

Logo