एउटै सिरिन्जले ३० जना विद्यार्थीलाई खोप

एउटै सिरिन्जले ३० जना विद्यार्थीलाई खोप

केन्द्रबिन्दु
0
Shares

भारतीय राज्य मध्य प्रदेशमा एउटै सिरिन्जले ३० जना विद्यार्थीलाई खोप लगाएकोमा एक स्वास्थ्य अधिकारीमाथि अनुसन्धान भइरहेको छ ।

घटना सागर जिल्लाको एक विद्यालयमा भएको हो जहाँ बालबालिकालाई कोभिड–१९ को खोप दिइँदै थियो । भारतको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ खोपका लागि "एक सुई, एउटा सिरिन्ज, एक पटक मात्र" प्रोटोकल अनिवार्य गरेको छ।

भारतले हालसम्म २.०३ बिलियन भन्दा बढी कोभिड-१९ खोप लगाएको छ। एकल-प्रयोग डिस्पोजेबल सिरिन्जहरू भारतमा एचआईभी जस्ता घातक रोगहरू फैलिनबाट बच्न व्यापक रूपमा प्रयोग गरिन्छ । तर, उपकरणको अभावमा अस्पतालमा एउटै सिरिञ्ज पुनः प्रयोगमा ल्याइएका विगतमा धेरै घटना भएका छन् ।

बालबालिकालाई खोप लगाउँदै आएका जितेन्द्र राईले सञ्चारमाध्यमलाई भने, ‘आफूलाई स्वास्थ्य विभागले एउटा सिरिन्ज मात्र दिएको र आफूले आदेश पालना गरिरहेको बताए ।

Logo