न्यान्सी पेलोसीको ताइवान भ्रमण विवादमा

न्यान्सी पेलोसीको ताइवान भ्रमण विवादमा

केन्द्रबिन्दु
0
Shares

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवानको सम्भावित भ्रमणलाई लिएर विवाद जारी छ। तर यस मुद्दामा अमेरिका र चीनले के गर्छ भन्नेमा वास्तविक ध्यान केन्द्रित हुनुपर्ने विज्ञहरुको बुझाई छ। 

न्यान्सी पेलोसीको सम्भावित भ्रमणको घोषणा भएदेखि नै चीनले यसको जवाफ दिन के कस्ता कूटनीतिक र सैन्य कदम चाल्न सक्छ भन्ने अनुमान गरिएको छ। जहाँसम्म ताइवानको सवाल छ, यो भ्रमण उसको लागि पछिल्लो विवादको बिन्दु मात्र हुनेछ, जुन दशकौंदेखि लोकतन्त्रको मुद्दामा तनावको सामना गर्दै आइरहेको छ।

ताइवानको सेन्ट्रल पुलिस युनिभर्सिटीका रक्षा अध्ययन विज्ञ आर्थर जिन शेन वाङले अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ नेता सी जिनपिङबीच बिहीबार भएको वार्ता दुई देशले वार्ताको माध्यमबाट मतभेद कसरी समाधान गर्न सकिन्छ भन्ने उदाहरण भएको बताएका छन्। पेलोसीको सम्भावित भ्रमणलाई लिएर बहस हुँदाहुँदै पनि वार्ता भएको थियो। यसले यस मुद्दामा दुई बीच न्यूनतम पारस्परिक समझदारी छ भन्ने देखाउँछ। दुई महाशक्तिबीचको टकरावको बेला ताइवानले पनि केही नभनी सन्तुलन कायम गरेको छ ।

वाशिङटन डिसीस्थित ताइवानको प्रतिनिधि कार्यालयको राजनीतिक शाखाका पूर्व निर्देशक भिन्सेन्ट चाओले टापुका राष्ट्रपति साई इङ्ग वेनले लोकतन्त्रको अखण्डता कायम राख्दै अनावश्यक विवादबाट बच्न सम्भव भएसम्म सबै प्रयास गरिरहेको बताए।

यदि पेलोसीको भ्रमण भयो भने, उनी २५ वर्षअघि न्युट गिङरिचपछि ताइवान भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी निर्वाचित अधिकारी हुनेछिन्। विज्ञहरूका अनुसार चीनले प्रत्यक्ष रूपमा सैन्य कारबाही गर्ने सम्भावना कम छ। यसलाई राजनीतिक पक्षले हेर्नु जरुरी छ ।

Logo