इटालीको सडकमा आप्रावासीको मृत्युपछि आक्रोश

इटालीको सडकमा आप्रावासीको मृत्युपछि आक्रोश

केन्द्रबिन्दु
0
Shares

मध्य इटालीमा दिउँसो आक्रमणमा परेका एक आप्रवासीको मृत्युले आक्रोश फैलिएको छ ।

नाइजेरियाली सडक व्यापारीलाई सिभितानोभा मार्चे टाउन सेन्टरमा एक व्यक्तिले आक्रमण गरेका थिए । आक्रमणको भिडियो शुक्रबार सार्वजनिक भएको थियो । हत्या र डकैतीको आरोपमा ३२ वर्षीय इटालियन नागरिक पक्राउ परेका छन् । 

आक्रमणको भिडियो इटालिका समाचार संस्था र सामाजिक सञ्जालमा व्यापक रुपमा फैलिएको थियो । उनको हत्याले धेरै मानिस स्तब्ध भएका छन् । हत्याको विरोधमा शनिबार स्थानीय नाइजेरियाली समुदायका सयौं मानिसहरू न्यायको माग गर्दै सिभितानोभा क्षेत्रमा मार्चमा उत्रिएका थिए ।

एजेन्सी

Logo