इरानमा बाढीबाट ५९ जनाको मृत्य, ३० बेपत्ता

इरानमा बाढीबाट ५९ जनाको मृत्य, ३० बेपत्ता

केन्द्रबिन्दु
0
Shares

अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी इरानका विभिन्न भागमा ५९ जनाको मृत्यु भएको छ । घटनामा ३० जना बेपत्ता भएका छन् ।

रेड क्रिसेन्ट सोसाइटीका अनुसार ६० वटा शहर, पाँच सय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन् । हालसम्म एक हजार ३३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, पाँच हजार दुई सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको, ९४४ जनालाई उद्धार गरिएको छ ।

राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका संघ संघठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोत साधन परिचालन गर्न निर्देशन दिएका छन् ।

Logo