इरान र अफगान सीमामा झडप, १ जनाको मृत्यु

इरान र अफगान सीमामा झडप, १ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तान र इरानको सीमामा दुई देशका सुरक्षा गार्डबीच भिडन्त भएको छ । अफगानिस्तानको निमरोज प्रान्त र इरानको हिरमान्डमा पर्ने सीमा क्षेत्रमा आइतबार भएको  लडाइँमा आफ्ना एक सैनिक मारिएको काबुलले जनाएको छ । 

उक्त झडपका लागि एक देशले अर्को देशलाई दोष दिएको छ ।

१ वर्षअघि तालिबानले सत्तापलट गरेपछि इरानसँगको सीमा क्षेत्रमा बारम्बार झडप हुने गरेको छ । पछिल्लो झडपको वास्तविक अवस्था स्पष्ट छैन ।

निमरोजका प्रहरी प्रवक्ता बहराम हकमलले भने, ‘हाम्रोतर्फ एक जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका छन् । ’
इरानतर्फ कुनै मानवीय क्षति नभएको प्राप्त विवरणमा जनाइएको छ । 

Logo