फ्लोरिडामा गोली चल्यो, ७ जना घाइते

फ्लोरिडामा गोली चल्यो, ७ जना घाइते

केन्द्रबिन्दु
0
Shares

फ्लोरिडाको डाउनटाउन ओर्लान्डोमा भएको सामूहिक गोलीकाण्डमा ७ जना घाइते भएका छन् । घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

आक्रमणकारी अझै फरार छन् । स्थानीय समयअनुसार आइतबार बिहान २ बजे उक्त गोलीकाण्ड भएको ओरलान्डो प्रहरी प्रमुख इरिक डी स्मिथले जनाएका छन् । 

एक अज्ञात आक्रमणकारीले एउटा हाते बन्दुक निकालेर भीडमा गोली हानेका थिए । आक्रमणमा सात जना घाइते भएका सीएनएनले जनाएको छ । आक्रमणकारीबारे प्रहरीले थप केही जानकारी दिएको छैन् । गैरसरकारी सस्था गन भ्वायलेन्स अर्काइभका अनुसार यो वर्ष कम्तीमा ३८१ जना घाइते भएका छन् । 
 

Logo