राष्ट्रसंघीय शान्ति सेनाद्वारा दुई कंगोलीको हत्यापछि महासचिव गुटेरेस आक्रोशित

राष्ट्रसंघीय शान्ति सेनाद्वारा दुई कंगोलीको हत्यापछि महासचिव गुटेरेस आक्रोशित

केन्द्रबिन्दु
0
Shares

युगान्डासँग सीमा जोडिएको प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) को एक सहरका दुईजना बासिन्दालाई संयुक्त राष्ट्र शान्ति सैनिकहरूले गोली चलाएर मारिएपछि संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले आक्रोश व्यक्त गरेका छन् ।

उत्तरी किभु प्रान्तको कासिन्दीमा, संयुक्त राष्ट्र संघ संगठन स्थिरीकरण मिसन डीआरसी (MONUSCO)  का सैनिक कर्मचारीहरूले आइतबार त्यहाँका बासिन्दाहरूमाथि गोली चलाएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । दुई जनाको मृत्यु हुनुको साथै १५ अन्य घाइते भएका थिए, कंगो सरकारले गोलीबारीको कडा निन्दा गरेको छ ।

गुटेरेसका उपप्रवक्ता फरहान हकले आइतवार साँझ एक विज्ञप्तिमा जारी गरी यस घटनामा भएको मृत्यु र गम्भीर चोटपटकबाट महासचिव दुखी र निराश भएको बताएका हुन् । साथै, गुटेरेसले पीडित परिवार, कंगोली जनता र कङ्गोली सरकारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । यसबाहेक, महासचिवले यी घटनाहरूको लागि जवाफदेहिताका लागि संयुक्त राष्ट्रसंघले “पीडित र साक्षीहरूको सहभागितामा तुरुन्तै न्यायिक कारवाही प्रारम्भ गर्न र उचित प्रतिबन्ध लगाउने उद्देश्यले घटनामा संलग्न शान्ति सैनिकको मूल देशसँग सम्पर्क स्थापित गरेको विज्ञप्तिमा भनिएको छ ।

संयुक्त राष्ट संघले शान्ति सैनिकहरूको राष्ट्रियता उल्लेख गरेको छैन । जुलाई २५ देखि, हजारौं मानिसहरूले देशभरका धेरै शहरहरूमा  मोनुस्को विरुद्ध प्रदर्शन गरिरहेका छन् । विशेष गरी उत्तर किभुको राजधानी गोमामा प्रदर्शन भइरहेको छ । जहाँ प्रदर्शनकारीहरूले संयुक्त राष्ट्र मिशनका केही कार्यालयहरू तोडफोड र लुटपाट गरेका छन् ।

बढ्दो हिंसाको बीचमा नागरिकहरूको सुरक्षा गर्न असफल भएकोमा मोनुस्कोलाई आफ्नो देशबाट बाहिर निस्कन माग गरेपछि प्रदर्शन हिंसात्मक बनेको थियो । कङ्गोली सरकारका अनुसार उत्तरी किभुमा भएको विरोध प्रदर्शनका क्रममा बुटेम्बो सहरको मोनुस्कोका एक शान्ति सैनिक र दुई प्रहरी सहित १५ जनाको ज्यान गएको थियो ।  

शान्ति सञ्चालनका लागि संयुक्त राष्ट्र संघका उप–महासचिव जीन–पियरे ल्याक्रोइक्सले शनिबार किन्शासामा डीआरसी अध्यक्ष फेलिक्स सिसेकेडीसँग मोनुस्को र कङ्गोली सरकारबीचको सहकार्यबारे छलफल गर्न भेट गरेका थिए ।

गोली चलाउनुको कारण अझै पत्ता लागेन 
संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि तथा कङ्गोस्थित संयुक्त राष्ट्रसंघ स्थायित्व मिसन (मोनुस्को) का प्रमुख बिन्टो केइटाले शान्ति सेनाले कुन परिस्थितिमा सीमा चौकीमा गोली चलाएको हो, त्यसबारे अहिलेसम्म ठोस जानकारी नआएको बताए । उनले यो गम्भीर घटनाले विश्वमा गलत सन्देश गएको बताए । यस घटनाको घोर भत्र्सना गर्दै बिन्टो केइटाले मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

घटनापछि शान्ति सेनाप्रति आक्रोश
घटनाको एक भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो र यसमा संयुक्त राष्ट्र शान्ति सैनिकहरूले ब्यारिकेड खोल्नु अघि दुई जनामाथि गोली प्रहार गरेको देखाइएको थियो । कंगोको सरकारले घटनाको निन्दा गर्दै मोनुस्कोसँग छानबिन सुरु गरेको बताएको छ।

Logo