भारतमा मंकीपक्सले एक जनाको मृत्यु

भारतमा मंकीपक्सले एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतमा मंकीपक्सका कारण एक जनाको मृत्यु भएको छ । हालै संयुक्त अरब इमिरेट्सबाट फर्केका केरलाका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो  ।

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले उक्त व्यक्तिले सुरुमा विदेशमा भाइरसको लागि सकारात्मक परीक्षण गरेको बताइन्। उनको मृत्युपछि परीक्षण गरिएका नमूनाहरूमा पनि भाइरस भेटिएको उनले बताइन् । यो अफ्रिका बाहिर मंकीपक्सका कारण मृत्यु हुने चौथो घटना हो भने भारतमा पहिलो पटक मृत्यु भएको हो ।

 

 

Logo