इन्डिगो एअर दुर्घटनाबाट बच्यो

इन्डिगो एअर दुर्घटनाबाट बच्यो

केन्द्रबिन्दु
0
Shares

दिल्ली एअरपोर्टमा लापरवाहिको ठुलो घटना बाहिर आएको छ । 

मंगलबार एशियन न्युज एजेन्सीले सामाजिक सञ्जाल ट्विटरमा भिडियो सार्वजनिक गरेपछि सो विषय बाहिर आएको हो । सार्वजनिक भिडियोमा गो फस्ट एअरलाइन्सको इन्डिगो प्लेन एक कारसँग झन्डै ठोक्किएको थियो । न्युज एजेन्सीका अनुसार सो घटना दिल्ली एअरपोर्टको टी–२ टर्मिनलको स्टयान्ड नंबर २०१ मा भएको थियो । 
न्युज एजेन्सीका अनुसार भारतीय नागरिक उड्डयन महानिर्देशनालयले सो विषयमा छानविन समिती घोषणा गरिसकेको छ ।  अर्कोतर्फ कार ड्राइभरको पनि बे्रथ एनालाइजर अर्थात रक्सि खाएको छ कि छैन भनेर परिक्षण गराईसकेको छ । रिपोर्टमा ती कार चालकको टेष्ट नेगेटिभ आएको छ । 
न्युन एजेन्सीका अनुसार दुर्घटनामा प्लेन र कार चालक दुबैलाई कुनै पनि प्रकारको क्षति पुगेको छैन । रिपोर्टमा बताइए अनुसार सो प्लेन पटनाका लागि उडान भर्दै थियो ।   
 

Logo