अमेरिकी सिनेटद्वारा स्विडेन र फिनल्यान्डलाई नेटोमा सहभागी हुने प्रस्ताव पारित

अमेरिकी सिनेटद्वारा स्विडेन र फिनल्यान्डलाई नेटोमा सहभागी हुने प्रस्ताव पारित

केन्द्रबिन्दु
0
Shares

अमेरिकी सिनेटलेस्वीडेन र फिनल्याण्डको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रवेशमा अनुमोदन गरेको छ ।

युक्रेनमा रुसी हमलाको पृष्ठभूमिमा नेटो विस्तारलाई कडा समर्थन गरेको छ । दुबै देशलाई नेटोमा प्रवेश गराउने पक्षमा सिनेटमा ९५ सदस्यले मतदान गरेका थिए । प्रस्तावको विपक्षमा एक मात्र सदस्य रिपब्लिकन जोश हाउली थिए । वासिंगटनले युरोपको सट्टा चीनको चुनौतीमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो ।

फेब्रुवरी २४ मा रुसले युक्रेनमाथि हमला गरेपछि पश्चिमा देशमा एकताको संकेत देखिएको सिनेट लिडर चुक सुमरले बताए । ‘पुटिनले युक्रेनमा आफ्नो युद्धलाई पश्चिमलाई विभाजित गर्न प्रयोग गर्ने प्रयास गरेका छन् । बरु, आजको मतदानले हाम्रो गठबन्धन पहिलेभन्दा बलियो भएको देखाउँछ’, उनले भने ।

एजेन्सी

Logo